
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ३१.८० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले १५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा यो नाफा ४२.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.२७ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ६१ करोड १४ लाख रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.७४ पैसा छ । जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।
कुल ७ लाख १६ हजार ३६२ वटा बीमालेख जारी गरी इन्स्योरेन्सले १३ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १३ हजार ६३१ वटा दाबी बापत ६ अर्ब १६ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस अवधिमा इन्स्योरेन्सले पुनर्बीमा कमिशन बापत १ करोड ८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट ४ अर्ब ११ करोड ८१ लाख रुपैयाँ, र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया