सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SGI) को साधारण सभा स्थगित भएको छ ।

कम्पनीले जेठ ११ गते अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १०ः३० बजे आह्वान गरेको तेस्रो वार्षिक साधारण सभा स्थगित गरको हो ।

कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस स्ञ्चालन नगर्न निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।