
सुनचाँदी दुबैको मूल्य बिहीबार नेपाली बजारमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया