शिखरको खुद बीमाशुल्क १२% ले बढ्यो, खुद नाफा करिब साढे ३६ करोड

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ११.९७ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ९६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.२६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले ३२ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३३.७१ रुपैयाँमा संकुचित बनेको छ । गत आवको यसै अवधिमा चुक्ता पूँजी ७६ करोड ५६ लाख रुपैयाँ रहँदा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१.५५ रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ३५ लाख ८९ हजार र पुनर्बीमा कमिशनबाट ४६ करोड ४९ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जगेडा कोषमा ६१ करोड ७६ लाख ७१ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१०.९४ रुपैयाँ छ । कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख ४४ हजार रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले २ लाख ११ हजार ९९९६ वटा बीमालेख जारी गरेकोमा ४९ हजार ३२१ वटा बीमालेख नवीकरण भएका छन् । यसबाट कम्पनीले २ अर्ब ९६ करोड ५७ लाख ९९ हजार रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा २ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा १६ हजार ९१४ दाबी बापत १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९ हजार २८६ वटा दाबी बापत १ अर्ब ४२ करोड बराबर भुक्तानी गर्न बाँकी छ ।

गत आवको यसै अवधिमा कम्पनीले ३ हजार ५९० वटा दाबी बापत ४१ करोड ८१ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको थियो भने ४ हजार २९७ वटा दाबी बापत परेको ८९ करोड ८१ लाख ९८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।