प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट


काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यसका लागि प्रभु बैंक र स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरअन्तर्गत सञ्चालित रुस्काज् ब्युटि स्टुडियोबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले सौन्दर्यसम्बन्धी सेवामा ५ देखि २० प्रतिशतसम्म र बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षरका क्रममा बैंककी कमलादी शाखा अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको पनि उपस्थिति थियो।

सम्झौताअन्तर्गत ग्राहक तथा कर्मचारीले हेयर कटिङ, थ्रेडिङ, ब्युटीसम्बन्धी विभिन्न सेवा, हेयर केमिकल सेवा, फेसियल, म्यानिक्योर, पेडिक्योर, मेकअप तथा अन्य सौन्दर्यसम्बन्धी सेवामा छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा लिन प्रभु बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने छुट प्राप्त गर्न आफ्नो कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंक तथा विभिन्न सेवा प्रदायक संस्थाबीच हुने यस्ता सहकार्यले ग्राहकलाई बैंकिङ सेवासँगै दैनिक जीवनमा आवश्यक अन्य सेवामा समेत सहुलियत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।