दराजको ‘१०:१० दशैं धमाका’ : ७५ प्रतिशतसम्म छुट


काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

०८३ असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १ देखि १२, २०२६) सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु १,०००) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम रु। १,५००) सम्म छुट प्राप्त गर्न निम्न प्रक्रिया पूरा गरी उक्त छुटको लाभ लिन सकिनेछ ।

दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोगलाई प्रवद्र्धन गर्न यस अफरले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिनेछ ।

अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने यस मेलामा विभिन्न श्रेणीका उत्पादनमा ६५ लाख रुपैयाँसम्मका भौचर, निस्शुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध गराइएको छ ।

दराजका प्ल्याटिनम पार्टनर्स होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्स्पिरियन्स, एंकर, रोह्टो र अवीबीबाट ६७ प्रतिशतसम्मको छुट उपलब्ध भएको छ ।

त्यस्तै गोल्ड पार्टनर्स ब्य्राडहाउस, पीएन्डजी, पिक एन्ड एर्के, अर्क्स फुड र भेदन्तले ७० प्रतिशत र सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपीएनएस र माटो नेपालमा ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।