नेप्सेमा चौंथो कारोबार दिन पनि वृद्धि कायमै, ७ अर्बको कारोबार हुँदा वित्त र विकास बैंकमा आकर्षण

0
Shares

शेयर बजारमा लगातार चौंथो कारोबार दिन वृद्धि देखिएको छ । आइतबार घटेको बजार त्यस यताका चार कारोबार दिनमा बढेको हो । यस्तै कारोबार रकम पनि ७ अर्ब नाघेको छ ।

आइतबार १८ अंकले घटेको बजार सूचक नेप्से सोमबार र मंगलबार २७ अंक बढी ले बढेको थियो । बुधबार १ अंकभन्दा कम बढेको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार पनि दोहोरो अंकको वृद्धि देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से १०.१३ अंकले बढेर २ हजार ६८४ दशमलव ०१ अंकमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ पनि १.१२ अंकले बढेर ४७९ दशमलव ५० अंकमा पुगेको छ । यसदिन १३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किटल लागेको छ भने वित्त र विकास बैंकको सूचक उच्च बढेका छन् । 

  • ७ अर्ब १२ करोडको कारोबार

आज २१८ वटा कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर ८६ हजार २९६ पटक खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रूपैयाँ पुगेको छ । बुधबार ५ अर्ब ३२ करोडको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम १ अर्ब ८० करोडले कारोबार बढेको हो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ९ वटा समूहको सूचक बढेको छ भने ४ वटा उपसमूहको घटेको छ । यसदिन वित्तको सूचक सर्वाधिक ४.६८ प्रतिशत, विकास बैंक २.५१, जलविद्युत १.४१ प्रतिशतले बढेको छ भने बाँकी १ प्रतिशतभन्दा कमले बढेका छन् । बिहीबार लगानी, उत्पादन, ब्यापार र होटल तथा टुरिजम्कोे सूचक सामानय घटेका छन् ।

तेह्र कम्पनीको मूल्य ९ प्रतिशत बढी बढ्यो, रिडी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए

बिहीबारको बजारमा एक दर्जन बढी कम्पनीको शेष्यरमूल्य १३ प्रतिशतभन्दा धेरैले बढेको छ । यसदिन समता घरेलु लघुवित्त वित्तीय, दिव्यश्वरी हाइड्रोपावर, विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूलय ९ प्रतिशत बढीले बढेको छ । यसैगरी हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स फाइनान्स, र घलेम्दी हाइड्रोपावरको मूल्य पनि ८ प्रतिशतले बढेको छ ।

यता रिडी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २ प्रतिशतले घटेको बजारमा राष्ट्रिय बीम कम्पनी, छ्याङ्दी हाइड्रोपावर, सिभिल लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, राष्ट्रिय बीमा कम्पनी संस्थापक, गुराँस लघुवित्त, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र नेरुडे लघुवित्तको शेयरमूल्य साढे १ प्रतिशतदेखि २ प्रतिशतसम्म घटेको छ ।

  • पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

बिहीबार पुनर्बीमा कम्पनीको सर्वाधिक ४९ करोड ४ लाख ७५ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेशनल हाइड्रोपावर २५ करोड ६७ लाख र अरुण काबेलीको २१ करोड ६० लाखको शेयर कारोबारमा आएको छ ।

यसैगरी शीर्ष दश ठूलो कारोबार हुने कम्पनीहरुमा हिमाल दोलखा हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, एचआईडिसीएल, निफ्रा, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी लिमिटेडको उच्च कारोबार भएको छ , दशौं ठूलो कारोबार भएको युनिभर्सलको १० करोड २२ लाखको कारोबार हुँदा सातौं ठूलो हिमाल दोलखाको १९ करोड १४ लाखको शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।