महालक्ष्मी लाइफको बीमाशुल्क ९९% ले बढ्यो, जीवन बीमा कोषमा १ अर्ब सञ्चित

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९९.५१ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा ७८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

चैत मसान्तसमा कम्पनीले ६ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको तुलनामा १ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ५८ ला खरुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चैतमसान्तसम्म लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख ४० हजार र बीमालेखको धितोमा कर्जाबाट १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा अभिकर्ता कमिशन वापत १५ करोड ३९ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासको अवधिमा ७९ करोड ४९ लाख २३ हजार कुल बीमशुल्क संकलन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ६४ करोड ९६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ७ वटा बीमा दावी वापत २ करोड ९२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ८ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।