सिईडिबिको आईपीओ बाँडफाँड, २ लाख ३४ हजार १९५ जनाले शेयर पाए

0
Shares

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम शुक्रबार भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले गोलाप्रगाबाट १० कित्ता शेयर पाउने भएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ४ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउने (२ लाख ३४ हजार १९५) मध्ये ४ जनालाई थप १ कित्ताका दरले वितरण हुनेछ ।

यसअनुसार सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको आइपीओ २ लाख ३४ हजार १९१ जनाले १० कित्ताका दरले २३ लाख ४१ हजार ९१० कित्ता र ४ जनालाई ११ कित्ताका दरले ४४ कित्ता गरी कुल २३ लाख ४१ हजार ९५४ कित्ता शेयर बाँडफाँड हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा शुक्रबार दिउँसो १ बजे आईपीओ बाँडफाँड हुनेछ ।

कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३१ बैशाख २०७८, शुक्रबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।