शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको भने चाँदीको स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार स्थीर रहेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३३० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य स्थीर बनेपनि चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया