गत वर्ष आईपीओ बिक्री गरेको स्वाभिमान लघुवित्तको यस्तो छ प्रगति

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा २ करोड ५८ लाख नाफा गरेको छ । अघिल्लो. आर्थिक वर्षमा कम्पनीको नाफा २ लाख ३२ हजार मात्र थियो ।

गत आर्थिक वर्षमा आईपीओ बिक्री गरेर व्यवसाय विस्तार गरेपछि कम्पनीको नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ५ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा संस्थाले ४७ करोड ६० लाख रुपैयाँ सापटी लिई ७९ करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । २७ करोड निक्षेप उठाएको छ ।
अघिल्लो वर्ष ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेकोमा आईपीओ बिक्रीपछि चुक्तापूँजी ६ करोड १८ लाख पुगेको छ । संस्थाको जगेडा कोषमा २ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ ।

संस्थाको प्रतिशेयर आम्दानी ४१.७८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ११.२७ गुणा, प्रतिशेयर नेटवर्थ १३७.४२ रुपैयाँ छ ।