उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन्।
बिहीबार सिंहदरबारको उपप्रधानमन्त्रीको कार्यकक्षमा सम्पन काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाए ।

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेको उक्त बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता रहेको थियो ।
बैठकमा मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ ।
यससंगै बिहीबार सम्पन्न उक्त बैठकमा अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने जनाएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया