
शुक्रबार बाँडफाँड भएको सिईडिबि हाइड्रोपावरको आईपीओमा आवेदन गरेका ८६.५३ प्रतिशतको हात खाली भएको छ । कुल १७ लाख ३८ हजार ३९१ वटा आवेदक परेकोमा १५ लाख ४ हजार १९६ जनाले शेयर पाउन नसकेका हुन् । आईपीओ आवेदन परेको कुल संख्याको १३.४७ प्रतिशत आवेदकले मात्र शेयर पाएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल १७ लाख ३८ हजार ३९१ वटा आवेदन परेकोमा ४८ हजार ३२२ वटा आवेदन भेरिफाइ हुन सकेनन् ।
बाँकी रहेको १६ लाख ९० हजार ६९ वटा आवेदमध्ये ४ हजार ४४२ वटा आवेदन रद्द भए भने १६ लाख ८५ हजार ६२७ वटा आवेदन आईपीओ बाँडफाँडका लागि योग्य भएका थिए । योग्य आवेदकमध्ये २ लाख ३४ हजार १९५ जनाले शेयर पाएका छन् । जुन सदर आवेदकको १३.८९ प्रतिशत हुन आउँछ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ४ कित्ता शेय गोलाप्राथबाट १० कित्ता शेयर पाउने तीनै आवेदकमध्ये गोलाप्रथाबाट थप १ कित्ताका दरले ४ जनालाई ११ कित्ताका दरले बाँडफाँड गरिएको हो ।
आईपीओमा १० देखि २० हजार कित्ता आवेदन गर्ने लगानीकर्तालाई एउटै समुहमा राखि रितपुर्वक प्राप्त भएकोमध्ये गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।
आईपीओ खरीदका लागि म्युचुअल फण्ड (१ लख २५ हजार ९११ कित्ता) र कर्मचारी (५० हजार ३६५ कित्ता) लाई छुट्टाएर सर्वसाधारणबाट माग गरिएको २३ लाख ४१ हजार ९५४ कित्ताका लागि माग गरिएकोमा ११.२४९० गुणा बढी २ करोड ६३ लाख ४४ हजार ७६६ कित्ता माग भएको थियो ।
कुल माग भएको २ करोड ६३ लाख ४४ हजार ७६६ कित्तामध्ये १६ लाख ३७ हजार ६५९ कित्ता शेयर भेरिफाइ हुन सकेननन् । भेरिफाइ भएका २ करोड ४७ लाख ७ हजार १०७ कित्तामध्ये दोहोरो आवेदनका कारण ६१ हजार ३७२ कित्ताको माग रद्द भयो भने २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ताको आवेदन योग्य भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया