दोर्दी खोला र मानुषी लघुवित्तले मागे आईपीओ जारी गर्ने अनुमति

0
Shares

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन् । मानुषी लघुवित्तले बैशाख १३ गते र दोर्दी खोलाले बैशाख २१ गते बोर्डमा निवेदन पेश गरेका हुन् ।

दुई कम्पनीले कुल ३३ करोड ४५ लाख ६७ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ३३ लाख ४५ हजार ६७९ कित्ता शेयर जारी गर्न अनुमति माग गरेका हुन् ।

बोर्डका अनुसार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९००  रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेका हुन् ।

मानुषी लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र दोर्दी खोला जलविद्युत् कम्पनीको सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।