काठमाडौँ । चाडपर्वको अवसर पारेर अनर नेपालले ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन्।
अभियानअन्तर्गत ग्राहकले अनर एक्स७ई एक्टिभ एयरबडर्स, अनर वाच २ प्रो लगायतका उपहार जित्ने अवसर पाउनेछन्। साथै, ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन्।
अक्टोबर ४, २०२६ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने यो अभियानमा सहभागी हुन ग्राहकले अभियानमा समावेश अनरका स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्नेछ।
कम्पनीका अनुसार अभियान अवधिभर हरेक दिन १० जना भाग्यशाली विजेताले अनर एक्स७ई एक्टिभ एयरबडर्स प्राप्त गर्नेछन्। त्यस्तै, दैनिक ३ जना विजेताले अनर वाच २ प्रो जित्नेछन्। यसरी हरेक दिन कुल १३ जना ग्राहक विभिन्न उपहारका लागि छनोट हुनेछन्।
त्यसैगरी, अभियानको अर्को आकर्षणका रूपमा ८ जना भाग्यशाली ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्। उक्त अवसरले ग्राहकलाई चाडपर्वको समयमा प्रविधिसँगै विदेश भ्रमणको अनुभवसमेत दिलाउने कम्पनीले जनाएको छ।
अभियानमा सहभागी हुन अनरका योग्य स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि ग्राहकले मोबाइलबाट ३५००१ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएसमा “HONOR space IMEI number or SN number” लेखेर पठाउनुपर्नेछ।
तीन फरक पुरस्कार श्रेणीमार्फत अभियानभर विजेता छनोट गरिने अनर नेपालले जनाएको छ। कम्पनीका अनुसार अभियानले नवीन प्रविधिसँगै ग्राहकलाई थप आकर्षक तथा अर्थपूर्ण अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
अनर नेपालले यस अभियानमार्फत चाडपर्वको उत्साहलाई थप विशेष बनाउने र हरेक खरिदलाई पुरस्कार तथा रमाइलो अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।
अभियानसम्बन्धी थप जानकारी अनर नेपालको वेबसाइट honor.com/np तथा सामाजिक सञ्जालका आधिकारिक पेजहरूबाट लिन सकिनेछ।







