
ओरियन्टल होटल्स लिमिटेड (OHL) ले चैत मसान्तसम्म २१ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ ।
गत आवको यसै अवधिमा ११ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको गरेको यस होटलले कोरोना महामारीका कारण बन्द हुँदा नोक्सानी ब्यहोरेको हो ।
कारोना रोकथामका लागि सरकारले पटक पटक गरेको निषेधाज्ञा र लकडाउनका कारण पर्यटन आवागमन प्रायः शून्य हुँदा होटलले आम्दानीमा उच्च गिरावट आएको छ । सोही कारणले आम्दानी तथा नाफा खुम्चिएको होटलले जनाएको छ । यद्दपी, संस्थाको मौज्दात र तरलता सन्तोषजनक नै रहेको जनाएको छ ।
चैत मसान्तसम्म ओरियन्टलको सञ्चालन नोक्सानी १८ करोड ३४ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवमा होटल १७ करोड ६४ लाख ३० हजार सञ्चालन नाफामा थियो ।
चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको ओरियन्टलको नोक्साी बढेसम्गै वार्षिक प्रतिशेयर आम्दानी १८.७२ रुपैयाँ ऋणात्मक बनेको छ । जगेडा कोषमा ८८ करोड ८५ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ घटेर १७८.७७ रुपैयाँमा संकुचित बनेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया