ग्लोबल आइएमई क्यापिटलद्वारा “विश्व लगानीकर्ता सप्ताह २०२६” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


ग्लोबल आइएमई क्यापिटल लिमिटेडले “विश्व लगानीकर्ता सप्ताह २०२६” को अवसरमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

धितोपत्र तथा पूँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम मिति २०८३ साल आश्विन २१ गते, बुधबारका दिन भरतपुर महानगरपालिका स्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालन गरिएको थियो ।

स्वत कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम अवधिभर सहभागी विद्यार्थीहरूलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायहरूका विषयमा व्यावहारिक जानकारी गराइएको थियो ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व एवं पूँजी बजारको दीगो विकासलाई ध्यानमा राख्दै भविष्यमा पनि यस्ता चेतनामूलक साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ र यसले पूंजी बजारको आभारभूत पक्षहरुको बारेमा सचेतना अभिवृद्घि हुने विश्वास लिएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।