कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च व्यहोर्न बीमा कम्पनीलाई समितिको निर्देशन

0
Shares

बीमा समितिले बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएमा सम्पूर्ण खर्च कम्पनीलाई नै व्यहोर्न निर्देशन दिएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएका संक्रमित तथा निजको सम्पर्कमा रहेका अन्य कर्मचारीको सम्पूर्ण खर्च कम्पनी आफैलाई व्यहोर्न समितिले निर्देशन दिएको हो ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिम बढ्दै गईरहेको सन्दर्भमा कम्पनीमा कार्यरत कर्मचारीमा संक्रमण जोखिम उच्च हुने भएकोले समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

संक्रमति कर्मचारीलाई घर, अस्पताल वा होटलमा आइसोलेसन वा क्वारेन्टीनमा सुरक्षित राख्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । कम्पनीलाई आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालयमा फर्कदा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

साथै, आइसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरित्त बिदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरित्त विदा र वोर्क फर्म होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।