
सुन चाँदी दुबैको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थीर बनेको सुनको मूल्य आइतबार एकैदिन प्रतितोला ९०० रुपैयाँले बढेको हो । शुक्रबारको तुलनामा आइतबार चाँदी भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया