चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने


काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३÷८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मोटा मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।