
साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजाववी ९२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार र चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन आइतबार एकैदिन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले बढेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया