नेप्सेमा सूचीकृत दश जीवन बीमा कम्पनीले तेस्रो त्रैमाससम्ममा कस्तो गरे प्रगति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्म १० वटा जीवन बीमा कम्पनी सूचीकृत छन् । सूचीकृत १० वटा जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार १० जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा ६६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले यस अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क गरेको छ । नेपाल लाइफले यस अवधिमा २४ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमाशुल्क संकलन ६६ अर्ब ३१ करोड

नेप्सेमा सूचीकृत १० जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल ६६ अर्ब ३१ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा ४५ अर्ब २५ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ४६.५१ प््रतिशतले बढेको हो ।

चालु आवको ९ महिना अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै २४ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यसैगरी एलआइसी नेपालले १३ अर्ब ५९ करोड, नेशनल लाइफले ८ अर्ब ६९ करोड, एशियनले ४ अर्ब ५९ करोड, सूर्याले ३ अर्ब २३ करोड रुपैयाँ, प्राइमले ३ अर्ब ११ करोड रुपैयाँ र गुराँसले ३ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, ज्योतिले २ अर्ब २१ करोड, रिलायन्स लाइफले १ अर्ब ८४ करोड, प्रभु लाइफले १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

नयाँ जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा अघि

नेप्सेमा पछिल्लो समय सूचीकृत भएका नयाँ जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा अघि देखिएका छन् ।

नेप्सेमा सूचीकृत नयाँ जीवन बीमा कम्पनी ज्योतिले खुद बीमाशुल्क संकलनलाई १००.९७ प्रतिशत, प्रभुले ११५.६० प्रतिशत र रिलायन्स लाइफले १३१.४३ प्रशितले बढाएका छन् ।

यस अवधिमा कम्पनीहरुले २ अर्ब ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL NET PREMIUM COLLECTED(Rs ‘000)
      2077|078 2076|077 Change %
1 Reliance Life Insurance RLI 1844927 797194 131.43
2 Gurans Life Insurance GLICL 3018813 1355519 122.71
3 Prabhu Life Insurance PLI 1088460 504844 115.60
4 Jyoti Life Insurance JLI 2210977 1100174 100.97
5 Surya Life Insurance SLICL 3231392 1770275 82.54
6 National Life Insurance NLICL 8693929 5657152 53.68
7 Asian Life Insurance ALICL 4590970 3099838 48.10
8 Prime Life Insurance PLIC 3076608 2237587 37.50
9 Nepal Life Insurance NLIC 24956063 18418778 35.49
10 Life Insurance Corporation LICN 13599309 10318084 31.80
  Total   66311448 45259445 46.51

 

खुद नाफा २ अर्ब ११ करोड

सूचीकृत दश कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको यसै अवधिमा १ अर्ब ७० करोड ७१ लाख रुपेयाँ खुद नाफा गरेकोमा २३.८० प्रतिशतले नाफा बढेको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नाफा नेपाल लाइफले कमाएको छ । कम्पनीले यस अवधिमा गत आवको यसै अवधिको तुलनामा ८.३६ प्रतिशतले नाफा बढाउँदै ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल लाइफपछि नेशनल लाइफले खुद नाफा ३२ करोड २५ लाख रुपैयाँ पुगेको छ । सूर्याले २९ करोड १० लाख, प्राइमले २२ करोड ६३ लाख, प्रभुले १३ करोड ७८ लाख, रिलायन्स लाइफले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

प्रभु लाइफको खुद नाफा सबैभन्दा धेरै १४८.३४ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको यसै अवधिमा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा चालु आवको यसै अवधिमा सूर्या लाइफको ५५.८८ प्रतिशत, प्राइम लाइफको २४.८७, एशियन लाइफको ३९.४३, गुराँस लाइफको २४.५१, लाइफ इन्स्योरेन्स कर्पोरेशको ४२.८५, रिलायन्स लाइफ ७.२९, ज्योति लाइफ ४.८९, नेशनल लाइफको २.२० प्रतिशतले खुद नाफा बढेको छ ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL NET PROFIT(Rs ‘000)
      2077|078 2076|077 Change %
1 Prabhu Life Insurance PLI 137838 55504 148.34
2 Surya Life Insurance SLICL 291035 186708 55.88
3 Life Insurance Corporation LICN 153707 107603 42.85
4 Asian Life Insurance ALICL 182111 130722 39.31
5 Prime Life Insurance PLIC 228625 183092 24.87
6 Gurans Life Insurance GLICL 104293 83760 24.51
7 Nepal Life Insurance NLIC 506668 467576 8.36
8 Reliance Life Insurance RLI 65866 61392 7.29
9 Jyoti Life Insurance JLI 120771 115142 4.89
10 National Life Insurance NLICL 322570 315621 2.20
  Total   2113484 1707120 23.80

प्रतिशेयर आम्दानी

गत आवको तेस्रो त्रैमासमा कायम भएको वार्षिक प्रतिशेयर आम्दानीको तुलनामा चालु आवको यसै अवधिमा ६ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी घटेको छ भने ४ कम्पनीको मात्र बढेको छ ।

यस अवधिमा सूर्या लाइफ, प्रभु लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, र प्राइम लाइफको बढेको हो भने नेशनल लाइफ, रिलायन्स, एशियन, नेपाल लाइफ, ज्योति लाइफ र गुँरास लाइफको वार्षिक प्रतिशेयर आम्दानी घटेको छ ।

सबैभन्दा धेरै इपिएस बढेको सूर्या लाइफको ५.६२ रुपैयाँ बढेर १७.१७ रुपेयाँ पुगेको छ भने गुराँस लाइफको ४.८७ रुपैयाँले घटेर ७.०३ रुपेयाँ कायम भएको छ ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL EPS (RS)
      2077/78 Q3 2076|077 Q3 Change (RS)
1 Surya Life Insurance SLICL 17.17 11.55 5.62
2 Prabhu Life Insurance PLI 9.19 3.63 5.56
3 Life Insurance Corporation LICN 9.27 5.35 3.92
4 Prime Life Insurance PLIC 12.6 12.16 0.44
5 National Life Insurance NLICL 12.68 13.65 -0.97
6 Reliance Life Insurance RLI 4.17 5.61 -1.44
7 Asian Life Insurance ALICL 12.07 13.87 -1.8
8 Nepal Life Insurance NLIC 9.37 11.34 -1.97
9 Jyoti Life Insurance JLI 7.31 9.97 -2.66
10 Gurans Life Insurance GLICL 7.03 11.9 -4.87

जगेडा कोष ११ प्रतिशतले घट्यो

सूचीकृत दश जीवन बीमा कम्पनीहरुको जगेडा कोषको आकार भने समीक्षा अवधिमा ११.०२ प्रतिशतले घटेको छ ।

गत  आवको नाफाबाट ५१ प्रतिशत लाभाांश वितरण गरेको नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष यस अवधिमा ५८.८८ प्रतिशतले घटेर ६ अर्ब ४० करोडमा संकुचित भएको छ । यस्तै प्राइम लाइफको पनि करिब ४१ प्रतिशतले घटेको छ ।

अन्य ८ कम्पनीको जगेडा कोषमा वृद्धि भएकोमा प्रभु लाइफको सबैभन्दा धेरै १३०.४४ प्रतिशतले बढेर ३६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL RESERVE (Rs ‘000)
      2077|078 2076|077 Change %
1 Prabhu Life Insurance PLI 366064 158854 130.44
2 Jyoti Life Insurance JLI 600487 373945 60.58
3 Asian Life Insurance ALICL 730421 495924 47.28
4 Gurans Life Insurance GLICL 523114 366343 42.79
5 Reliance Life Insurance RLI 205714 149612 37.50
6 Surya Life Insurance SLICL 808591 600256 34.71
7 Life Insurance Corporation LICN 611419 506146 20.80
8 National Life Insurance NLICL 811723 762424 6.47
9 Prime Life Insurance PLIC 625299 1054116 -40.68
10 Nepal Life Insurance NLIC 1123436 2732173 -58.88
  Total   6406268 7199793 -11.02

चुक्ता पूँजी साढे २५ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा सूचीकृत बीमा कम्पनीहरुको चुक्ता पूँजी साढे २५ प्रतिशतले बढेर २७ अर्ब ७६ करोड पुगेको छ ।  सबैभन्दा धेरै चुक्ता पूँजी नेपाल लाइफको ७ अर्ब २० करोड रहेको छ भने सबैभन्दा कम गुराँस लाइफको १ अर्ब ९७ करोड रहेको छ ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL PAID-UP  Capital (Rs ‘000)
      2077|078 2076|077 Change %
1 Nepal Life Insurance NLIC 7199970 5496160 31.00
2 National Life Insurance NLICL 3390889 3082626 10.00
3 Prime Life Insurance PLIC 2417057 2007939 20.38
4 Surya Life Insurance SLICL 2262895 2155138 5.00
5 Life Insurance Corporation LICN 2211000 2010000 10.00
6 Jyoti Life Insurance JLI 2200000 1540000 42.86
7 Reliance Life Insurance RLI 2100000 1470000 42.86
8 Asian Life Insurance ALICL 2010760 2010760 0
9 Prabhu Life Insurance PLI 2000000 1400000 42.86
10 Gurans Life Insurance GLICL 1975585 938520 110.50
  Total   27768156 22111143 25.58

जीवन बीमा कोष ३० प्रतिशतले बढ्यो

समीक्षा अवधिमा सूचीकृत कम्पनीको जीवन बीमा कोष ३०.७५ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा २ खर्ब २३ करोड ६७ लाख रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्ममा २ खर्ब ९२ करोड ४६ लाख रुपैयाँ पुगेको हो ।

प्रभु लाइफको जीवन बीमा कोष सबैभन्दा धेरै ५६३ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५८ लाख पुगेको छ भने लाइफ इन्स्योरेन्स कपोृरुेशनको सबैभन्दा कम २१.७८ प्रतिशतले बढेर ७७ अर्ब ५४ करोड २८ लाख पुगेको छ ।

सबैभन्दा ठूलो जीवन बीमा कोष रहेको नेपाल लाइफको ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ६१ करोड पुगेको छ ।

S.N. LIFE INSURANCE COMPANY  SYMBOL INSURANCE FUND (Rs ‘000)
      2077|078 2076|077 Change %
1 Prabhu Life Insurance PLI 1765802 266172 563.41
2 Reliance Life Insurance RLI 2264479 869860 160.33
3 Jyoti Life Insurance JLI 3496791 1404589 148.95
4 Surya Life Insurance SLICL 10013868 6640384 50.80
5 Gurans Life Insurance GLICL 10119357 7104431 42.44
6 Nepal Life Insurance NLIC 107617724 81376666 32.25
7 Prime Life Insurance PLIC 14003619 10660637 31.36
8 National Life Insurance NLICL 40217998 31529217 27.56
9 Asian Life Insurance ALICL 25420827 20148032 26.17
10 Life Insurance Corporation LICN 77542896 63675060 21.78
  Total   292463361 223675048 30.75

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।