अनलाईन कारोबार प्रणालीमा आवद्ध लगानीकर्ताको संख्या साढे १३ हजार

0
Shares

नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वस्चालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या करिब साढे १३ हजार पुगेको छ। नेप्सेका अनुसार साउन १३ हजार ४१९ लगानीकर्ता अनलाइनमा आवद्ध भएका छन् ।

नेप्सेले गत कात्तिक २० गतेदेखि शेयर कारोबारमा अनलाइन प्रणाली संचालनमा ल्याएको थियो । अनलाइन संचालनमा आएको ९ महिनामा साढे १३ हजार लगानीकर्ताले युजर आईडी र पासवोर्ड लिएका छन् । गत साता २९७ लगानीकर्ता अनलाइनमा समावेश भएको नेप्सेले जनाएको छ ।

नेप्सको तथ्याङ्क अनुसार भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार ३७५ जना रहेका छन्। सबैभन्दा कम आशुतोष ब्रोकेजले ३९ जनालाई मात्र अनलाइनमा आवद्ध गराएको छ ।