नागरिक लगानीकोषको नाफा ५६%ले वृद्धि, उच्चदरले पूँजी  बढाउँदा ईपिएस खुम्चियो 

0
Shares

नागरिक लगानी कोषले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । 
 
गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ५६ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ३७ करोड ९४ लाख नाफा गरेको थियो । 
 
आम्दानीको तुलनामा कोषको खर्च न्यून दरमा बढेपछि खुद नाफामा सुधार देखिएको हो। गत वर्ष ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ९९ करोड ५९ लाख आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ४०.५६ प्रतिशतले बढेको हो।  
 
कम्पनीको खर्च २ प्रतिशत मात्र बढेको छ ।  गत वर्ष २० करोड २६ लाख कुल खर्च गरेको कम्पनीले यस वर्ष २० करोड ६५ लाख गरेको छ । 
 
हकप्रद शेयर र बोनस शेयरमार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएको कम्पनीको चुक्तापूँजी ३ अर्ब छ ।  कम्पनीको जगेडा कोष ८३ प्रतिशत बढेर १३ अर्ब २६ करोड कायम भएको छ । जसको शेयर प्रिमियम रकम १ अर्ब २६ करोड ४८ लाख छ ।
 
कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ । गत वर्ष  १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ । 
 
खुद नाफा बढेपनि चुक्ता पूँजी अधिक बढाउँदा कोषको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ३१ पैसा घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ तथा  प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ छ ।  
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 
 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।