काठमाडौँ । बिहीबार पनि स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबारदेखि ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो । सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको थियो भने मंगलबार २ हजार २०० रुपैयाँले र बुधबार २ हजार ७०० रुपैयाँले घटेको थियो । आज १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १४५.५१ अमेरिकी डलर र चाँदी ५६.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










