काठमाडौँ । स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार प्रतिकित्ता २७३ रुपैयाँमा भएको छ।
कम्पनीको सेयर हिजो असोज २७ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असोज २८ गते, बुधबारको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो।
तर, सो सेसनमा म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा कम्पनीको पहिलो कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा भएको हो। कम्पनीको सेयर बीईएनएच टिकरमा कारोबार भएको हो।










