ग्लोबल आइएमई बैंकले कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा दिने

0
Shares

ग्लोबल आइएमई बैकले दैनिक १२ घण्टा आफ्नो सेवा प्रदान गर्ने भएको छ । बैंकले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म आफ्ना ग्राहकलाई सेवा दिने घोषणा गरेका छ ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जानकारी दिएको छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जानकारी दिएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।