तीन कम्पनीको ११ अर्ब ३८ करोडको हकप्रद आउँदै

0
Shares

तीन कम्पनीको ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा आउने भएको छ । 

पूँजी वृद्धिका लागि तीनवटा कम्पनीले ११ अर्ब ३८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ११ करोड ३८ लाख ९३ हजार २५ कित्ता शेयर जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।

बोर्डका अनुसार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरले हकप्रद जारी गर्ने अनुमति मागेका छन् ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै ११ अर्बको हकप्रद जारी गर्नका लागि आवेदन दिएको छ । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड र छ्याङ्दी हाइड्रोपावरले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने अनुमति माग गरेका हुन् ।

बोर्डका अनुसार एचआईडिसीएलले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर जारी गर्न २०७७ चैत्र १२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ अनुुपातमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद निष्काशनका लागि २०७७ पुस २६ गते अनुमति माग गरेको छ ।

बैंकले हकप्रद निष्काशन गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

यसैगरी छ्याङ्दी हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशनका लागि अनुमति मागेको छ । कम्पनीले हकप्रद जारी गर्न २०७८ बैशाख १५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।