लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको ५ करोड ३८ लाख रुपैयाँ लाभांश पारित


काठमाडौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बिहिवारका लक्ष्मी कम्प्लेक्स हात्तीसार, काठमाडौंमा सम्पन्न साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात ५ करोड ३८ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरेको कम्पनीको साधारण सभाले हाल कायम रहेका लेखा परिक्षक एन.बि.एस.एम एण्ड एशोसिएट्सलाई आगामी आर्थिक वर्षको लागि निरन्तरता दिने निर्णय गरेको छ ।

गत असार मसान्तसम्ममा सेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा रहेको क्यापिटलको वितरण योग्य आम्दानी १२.८६७ प्रतिशत थियो ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको सुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि यस कम्पनीले नेपालको धितोपत्र बजारको विकास, बिस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।

कम्पनीले करिब ६ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड गरी करिब ७ अर्ब बराबरको म्युचुअल फण्ड संचालन गर्दै आएको छ । साथै, विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले निर्धारित लक्ष्य अनुरुप पूँजी संकलन गरी दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्दै आइरहेकोे छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।