नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुँदा पनि २२ कम्पनीको शेयरधनी निराश बने

0
Shares

शेयर बजार सूचक मापक नेप्सेमा जेठ ४ गते मंगलबार ऐतिहासिक बिन्दुमा पुगेर कारोबारमा समेत रेकर्ड कायम गर्दा मंगलबार २२ कम्पनीको शेयरमा लगानी गरेकाहरु भने निराश भएका छन् ।

यसदिन २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १८० कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । मंगलबारको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

हेरौं शेयरमुल्य घटेर निराश पार्ने २२ कम्पनी कुन कुन हुन् ?

मंगलबार नेपाल टेलिकम, अपर तामाकोशी, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०।८१, ज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंबोठलर्स नेपाल तराई, लक्ष्मी इकवीटी फण्ड, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एनसीसी बैंक, सानिमा इक्वीटी फण्ड, मेरो माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी संस्थापक र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य घटेको छ ।

यसदिन टेलिकम र तामाकोशीको शेयरमूल्य १ प्रतिशत धेरैले घट्दा अन्य कम्पनीको भने सामान्य घटेको छ ।

Top Losers    
Symbol LTP % Change
As of 2021-05-18 15:00:00
NTC 1389.00 -1.07
UPPER 840.00 -1.06
SICL 2199.00 -0.95
GBD80/81 1050.00 -0.94
JLI 875.00 -0.57
NRN 796.00 -0.50
SGI 787.00 -0.38
NIFRA 544.00 -0.37
BNT 11230.00 -0.36
LEMF 11.80 -0.34
LICN 2409.00 -0.33
SAEF 14.60 -0.27
MERO 1843.00 -0.27
NCCB 369.00 -0.27
SHIVM 1524.00 -0.26
PCBL 437.00 -0.23
PRVU 443.00 -0.23
NICA 905.00 -0.22
RBCLPO 16722.00 -0.17
NLG 1196.00 -0.17
RBCL 19750.00 -0.11
GILB 2879.00 -0.03

नेप्सेमा सूचक हालसम्मकै उच्च बिन्दु अर्थात ३४.६८ अंक वृद्धि भएर २ हजार ७९३.९० अंकमा पुगेको छ । यसदिन २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर १ लाख १५ हजार ९६१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।