तोलामा ३२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले र चाँदी १०५ रुपैयाँले घटेको हो ।

शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९६.६६ अमेरिकी डलर र चाँदी ५१.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।