सुनको भाउ फेरि बढ्यो, चाँदीमा थप गिरावट

0
Shares

सुनको भाउ बिहीबार फेरि बढेको छ । यो साताको सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउमा निरन्तरको वृद्धिपछि बुधबार सामान्य घटेको थियो । तर बिहीबार पुन बढेको हो । बिहीबार चाँदी भाउ भने थप सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

यस सातायता सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ, तेजाववी ९३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ, तेजाववी ९२ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।