काठमाडौँ । मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्यहरु गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा दायर भएको छ ।
आयोगका अनुसार आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरीहरु निलु आचार्य, सरु आचार्यविरुद्ध पनि सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। २, दिव्यश्वरी बस्ने प्रभा बस्नेत र काठमाडौँको पेप्सीकोला–३२ बस्ने कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।






