सुनको मूल्य बढ्दा चाँदीमा भने गिरावट


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९२४.३७ अमेरिकी डलर र चाँदी ४९.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।