काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
“दाजुभाइ पश्चिम फर्कने, दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाइदिने,” समितिले भनेको छ ।
समितिले कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस), यमदीप दान हुने जनाएको छ । कात्तिक २१ गते कागतिहार, २२ मा ककुरतिहार, लक्ष्मीपूजा गर्नुपर्ने जनाइएको छ ।
कात्तिक २३ गते गाईपूजा, २४ मा गोरुपूजा, म्हपूजा, ने.सं. ११४७ प्रारम्भ हुने समितिले जनाएको छ ।






