नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन


काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निस्शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा प्रतिष्ठानका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो ।

तालिमका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइने र त्यो लिंकबाट आवेदकले नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।

आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।