सुनचाँदीको भाउ शुक्रबार घट्यो

0
Shares

सुनचाँदीको भाउ शुक्रबार घटेको छ । यो साताको सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउमा बुधबार १०० रुपैयाँले घटेपनि अन्य दिनमा निरन्तर बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार शुक्रबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ, तेजाववी ९२ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ, तेजाववी ९३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।