काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।
भेटमा उनीहरूले दुई देशबिच आर्थिक सहकार्यको विभिन्न विषयमा छलफल गरेका छन् । सो अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।






