हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

0
Shares

नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरका २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ताका २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगरका ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

प्रहरीले श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो ।
अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ ।

२०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्वाट्स एप मार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्वाट्स एप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।