काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्सले आइपीओ जारी गर्न अनुमती पाएको छ । कम्पनीलाई बिहीबार नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्ने अनुमती दिएको हो ।
यसले अंकित मूल्य एक सय रूपैयाँको दरमा १७ लाख कित्ता सेयर जारी गर्ने भएको छ । सर्वसाधारणबाट यसले १७ करोड रूपैयाँ उठाउने भएको हो ।
यसको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल छ ।






