माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्धारा सपथ ग्रहण


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के।सीज्यूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको मंसिर ७ गते बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के।सीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।