‘लक्ष्मी भ्यालु फण्ड-१’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

लक्ष्मी भ्यालु फण्ड १ ले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
फण्डले आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

लाभांश प्रयोजनका लागि फण्डले साउन २८ गते मंगलबार बुक क्लोज तोकेकाले आज अर्थात साउन २७ गतेसम्म कायम इकाईधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

लक्ष्मी बैंकको प्रवद्र्धनमा सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष हो । कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्त सम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ ।