एअर इन्डियाको सर्भरमा साइवर हमला, ४५ लाख सेवाग्राहीको ‘डेटा’ प्रभावित

0
Shares

भारतको ध्वजावाहक एअर इन्डियाले सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर परेको जनाएको छ।
 
घटनाबारे कम्पनीलाई गत फेब्रुअरी महिनामा जानकारी गराइएको थियो। राहदानी, हवाई टिकटबारे सूचना अनि क्रेडिट कार्ड डेटा लगायतका विवरण प्रभावित भएको बताइएको छ। तर एअर इन्डियाले भने क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरहरूमा नराखिएको जनाएको छ।
 
स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको उक्त वायुसेवा कम्पनीले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ। एअर इन्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न आग्रह गरेको छ।
 
सन् २०१८ मा ४००,००० सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्ड सम्बन्धी विवरण प्रभावित भएपछि गत वर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।