घोराही सिमेन्टको नोक्सानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?


काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी १२ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८७ करोड ९० लाख रुपैयाँ कायम भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड ६० लाख रुपैयाँ रहेको थियो ।

बिक्री लागत ७३ करोड १३ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको वित्तीय खर्च १३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको वित्तिय खर्च १७ करोड ६३ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२० रुपैयाँ ८३ पैसा कायम भएको छ।

५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ११ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम सञ्चित छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।