एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री


अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पु¥याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन ।

उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका  हुन । अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ । एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो ।

बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन । यसैबीच, एलन मस्कसहित १ लाख ६५ हजारभन्दा बढीले हस्ताक्षर गरेको खुलापत्रमार्फत जेन्सेन हुआङलाई पुनः नेतृत्वमा ल्याउन र स्वतन्त्र अनुसन्धान गर्न माग गरिएको छ ।

एनभिडियाका अधिकारी र हुआङ अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष बयान दिन सहमत भएका छन् । स्थायी उत्तराधिकारी चयन नहुँदासम्म वित्तीय प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुखको जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ ।

हुआङको ३३ वर्षे नेतृत्व अन्त्य भएपछि एनभिडियाको सेयर मूल्य यस साता १२ प्रतिशतभन्दा बढी घटेको छ । कम्पनीको बजार पुँजीकरण करिब पाँच खर्ब ७३ अर्ब अमेरिकी डलरले घटेको छ । कम्पनीले मङ्गलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।