वाई–फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, अब इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा


काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई–फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । एपमार्फत ग्राहकले इन्टरनेट सेवासम्बन्धी विभिन्न जानकारी लिनुका साथै सेवा व्यवस्थापनका कामसमेत मोबाइलबाटै गर्न सक्नेछन् ।

कम्पनीका अनुसार एपबाट ग्राहकले इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण हेर्न तथा इन्टरनेट प्रयोगको जानकारी प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, एपमार्फत नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्न सकिनेछ । इन्टरनेट सेवामा कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकटसमेत पठाउन सकिने कम्पनीले जनाएको छ ।

एप सार्वजनिक भएसँगै सामान्य सेवा तथा जानकारीका लागि ग्राहकले कम्पनीमा बारम्बार फोन गर्नुपर्ने झन्झट कम हुने विश्वास कम्पनीले लिएको छ । ग्राहकले आवश्यक जानकारी र सेवा जुनसुकै समयमा मोबाइलबाटै प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीले ग्राहकलाई इन्टरनेट सेवा मात्र नभई त्यससँग सम्बन्धित सुविधा पनि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एप ल्याएको जनाएको छ ।

उक्त मोबाइल एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध रहेको वाई(फाई नेपालले जनाएको छ ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।