.png)
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । लघुवित्तको जेठ ९ गते बसेको सञ्चालक समितिको १३४ औँ बैठकले जेठ २५ गते मंगलबार विशेष साधारण सभा डाकेको हो ।
कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय थाहा न.पा. ९ मकवानपुरमा बिहान ११ बजेबाट सञ्चालन हुने लघुवित्तले जनाएको छ ।
सभामा महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त एक आपसमा गाभिने, दुई लघुवित्त मर्जर पश्चात सम्पत्ति दायित्व मूल्यांकनकर्ताको नियुक्ती र सोही मूल्यांकनकर्ताबाट प्राप्त चल अचल सम्पती दायित्वको मूल्यांकन प्रतिवेदनका आधारमा गरिएका निर्णयहरु अनुमोदन गरिने छ ।
साथै सम्पत्ति दायित्व मूल्यांकनबाट कायम हुन आएको शेयर अनुपात १००ः६८ बनाउने अर्थात महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीलाई नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर कायम गर्ने सहमतिलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।
नेशनल माइक्रोफाइनान्ससँगको एक्वीजिशन सम्झौतापछि महिला सहयात्राको शेयर कारोबार रोक्का रहेको छ । यद्यपी कम्पनीले साधारण सभा प्रयोजनका लागि लघुवित्तले जेठ १७ गते बुकक्लोज मिति तोकेको छ ।
यसअनुसार मर्जर सम्झौताको बखर कारोबार भएको अन्तिम दिनसम्म नेप्सेमा शेयर कारोबार भई बुकक्लोज मितिसम्म शेयरधनी कायम हुन आएका शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न तथा लाभांश प्राप्त गर्ने सक्ने लघुवित्तले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया