काठमाडौँ । दसैँको आशीर्वाद र पारिवारिक पुनर्मिलनको खुसी तथा तिहारको झिलिमिली र उल्लाससँगै नेपाल उत्सवमय बनिरहेका बेला, दृश्य कथाकार तथा अर्थशास्त्री युबेश धौभडेलले आफ्नो नयाँ तस्बिरपुस्तकतस्बिरपुस्तक Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey सार्वजनिक गर्ने घोषणा गरेका छन्।
यो पुस्तक ‘नेपा देय’ भनेर चिनिने भक्तपुर, काठमाडौं र ललितपुर समेटिएको नेपालमण्डलको जीवन्त सांस्कृतिक सम्पदाको दृश्य यात्रा हो। एक दशकको अवलोकन र दृश्य कथावाचनका क्रममा खिचिएका तस्बिरमार्फत धौभडेलले काठमाडौँ उपत्यकाका चाडपर्व, धार्मिक अनुष्ठान, जात्रा, भक्तिभाव, सांस्कृतिक प्रस्तुति र दैनिक जनजीवनलाई अभिलेखीकरण गरेका छन्।
कन्फ्लुएन्स् अफ फेस्टिभल्स् ‘उत्सवहरूको सङ्गम’ जात्रा र उत्सवका तस्बिरहरूको सङ्ग्रह मात्र होइनस यो सामूहिक स्मृति, पहिचान र पुस्तौँदेखि निरन्तरता पाउँदै आएका परम्पराहरूको अभिलेख पनि हो। भक्तजन, कलाकार, सङ्गीतकर्मी, प्रस्तोता, स्वयंसेवक, परिवार र समुदायको सहभागिताले कसरी सहरका गल्ली, चोक र परम्परागत आँगनलाई कसरी विभिन्न पुस्ता जोड्ने साझा आस्थाका स्थलमा रूपान्तरण हुन्छन् भन्ने कुरा यस पुस्तकले चित्रण गरेको छ ।
“यो पुस्तक नेपाललाई केवल एउटा गन्तव्यका रूपमा मात्र नभई संस्कृति, आध्यात्मिकता र मानवीय सम्बन्धले जीवन्त बनेको साझा संसारका रूपमा हेर्न गरिएको निमन्त्रणा हो,” युबेश धौभडेलले भने। “तिहारपछि यो पुस्तक लोकार्पण गर्नु मेरा लागि विशेष अर्थपूर्ण छ। यो उत्सव र एकताको भावलाई निरन्तरता दिने एउटा माध्यम हो, जसले नेपालमा रहेका र संसारभर छरिएर बसेका नेपालीलाई परिवार, आस्था, स्मृति र अपनत्वको भावसँग पुनः जोड्छ।”
भक्तपुरमा जन्मिएका धौभडेलले फोटोग्राफी, सांस्कृतिक अध्ययनर अन्वेषण र विश्वव्यापी दृष्टिकोणलाई आफ्नो सिर्जनात्मक अभ्यासमा एकसाथ जोड्दै आएका छन्। नेपाल, बेलायत र संयुक्त राज्य अमेरिकामा हासिल गरेको शिक्षा तथा कार्यानुभवले उनको दृष्टिकोण निर्माणमा योगदान पुर्याएको छ। उनका तस्बिर तथा दृश्य कथावाचनले सांस्कृतिक पहिचान, सम्पदा, समावेशिता र मानिसलाई एकअर्कासँग जोडिन, भेला हुन र उत्सव मनाउन प्रेरित गर्ने साझा मानवीय स्वभावबीचको सम्बन्धलाई अन्वेषण गर्छन्।
यो तस्बिरपुस्तक धौभडेलकै यही नामको फोटोग्राफी प्रदर्शनी परियोजनाको निरन्तरता हो। उक्त परियोजनामार्फत अमेरिकाको कोलोराडोस्थित अरोरा हिस्ट्री म्युजियममा नेपाली पर्वसंस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरिएको थियो। ई।सं। २०२५ को १८ फेब्रुअरी देखि १५ जून महिना सम्म आयोजित उक्त प्रदर्शनीले नेपालको जीवन्त सांस्कृतिक परम्परालाई विश्वसामु चिनाउने अवसर प्रदान गरेको थियो। Sony Alpha Universe मा उनका तस्बिर पनि प्रकाशित भएका छन्। धौभडेलले यस पुस्तकमार्फत आफ्नो दृश्य कथावाचनलाई अझ व्यापक पाठकवर्गसम्म पुर्याउँदै छन्। यस प्रकाशनले विश्वभरका पाठक, सांस्कृतिक संस्था, शिक्षाविद्, प्रवासी नेपाली समुदाय, पुस्तकालय, सङ्ग्रहालय तथा फोटोग्राफीप्रेमीहरूसँग नेपालको सांस्कृतिक सम्पदाबारे संवाद अघि बढाउने लक्ष्य राखेको छ।
तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकतालाई यस पुस्तकले जोड दिएको छ। सावधानीपूर्वक छनोट एवं संयोजन गरिएका तस्बिरमा नेपालका जीवन्त परम्परालाई समेट्दै कन्फ्लुएन्स् अफ फेस्टिभल्स् ले संस्कृतिप्रतिको बुझाइ र सम्मान बढाउने लक्ष्य राखेको छ। साथै, पुस्तान्तरण सिकाइ र सीपको आदानप्रदान, सांस्कृतिक पर्यटनसम्बन्धी सचेतना र सीमापार सांस्कृतिक संवादमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
“हरेक तस्बिरले कुनै स्थान, त्यहाँका मानिस र उनीहरूको सहभागिताको कथा बोकेको हुन्छ,” धौभडेलले थपे। “पाठक नेपाली हुन्, प्रवासी नेपाली समुदायका सदस्य हुन्, पर्यटक हुन्, विद्यार्थी हुन् वा केवल जिज्ञासावश यी तस्बिर हेर्ने व्यक्ति—मेरो चाहना उनीहरूले यी परम्परालाई विनम्रता, सम्मान र विस्मयभावका साथ नजिकबाट बुझ्ने, अनुभव गर्ने तथा आमन्त्रित भएको महसुस गर्ने अवसर पाऊन् भन्ने हो।”
पुस्तक लोकार्पण कार्यक्रम, स्थल साझेदार, के जि एच ठमेलमा, म्युजियम अफ नेपाली आर्टस् (मोना) को सहकार्यमा, मंसिर ४ गते २०८३ ९२० नोभेम्बर २०२६० मा हुनेछ। सोहि समय देखि यो पुस्तक मोना र काठमाडौँ आर्ट हाउस बाट खरिद गर्न सकिनेछ भने अनलाइन मार्फतमार्फत “Confluence of Festivals : Temple town to the World, A photobook from Nepal. An invitation to Nepa Dey. by Youbesh Dhaubhadel” नामले, ब्लर्बको वेबसाइटमा पनि उपलब्ध गराइएको छ। पुस्तक लोकार्पण कार्यक्रम, लेखकसँगको अन्तरक्रिया, प्रदर्शनी तथा हस्ताक्षरसहितका प्रतिसम्बन्धी थप जानकारी लेखकको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।







