काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम चुक्ता गर्न अल्टिमेटम दिएको छ। प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता रकम नबुझाउने कम्पनीहरुलाई १५ दिनभित्र रकम चुक्ता गनए अल्टिमेटम दिएको हो ।
तोकिएको म्यादभित्र बक्यौता रकम नबुझाए अनुमतिपत्र (लाइसेन्स) खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।
ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्नुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम र त्यसमा लाग्ने थप दस्तुर तथा जरिवाना लामो समयदेखि बुझाएका छैनन्। बक्यौता रकम नबुझाएकै कारण उनीहरूको अनुमतिपत्रसमेत नवीकरण हुन सकेको छैन।
सूचनामा भनिएको छ,’ ू’तोकिएको समयावधिभित्र तिर्नुरबुझाउनुपर्ने बक्यौता रकम चुक्ता नगरेमा निज सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता रकम प्रचलित कानुन बमोजिम असुल गरिनेछ।’
बक्यौता नबुझाउने २० सेवा प्रदायकहरूमा एलिशा कम्युनिकेसन लिंक प्रा।लि। (बछौली, चितवन), एरोनेट प्रा।लि। )त्रिपुरेश्वर, काठमाडौँ), ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर) रहेका छन् । यस्तै, क्लासिक टेक प्रा।लि। (नयाँ बानेश्वर, काठमाडौँ), कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रा।लि। (जावलाखेल, ललितपुर), एभरेष्ट वायरलेस नेटवर्क प्रा।लि। (नारायण नगरपालिका, दैलेख) जीआरएस लिङ्क इन्टरनेट सर्भिस प्रा।लि। व्यास नगरपालिका, तनहुँलाई पनि १५ दिने अल्टिमेटम दिइएको छ ।
यसैगरी, बक्यौता नतिर्ने आईजोन प्रालि (उर्लाबारी, मोरङ), कालिका नेट प्रा।लि। (चापाकोट, स्याङ्जा), खप्तड नेट प्रा।लि। (मंगलसेन, अछाम), कनेक्ट नेपाल नेटवर्क्स प्रलि (थसिखेल, ललितपुर), मर्कन्टाइल कम्युनिकेसन प्रा।लि। (दरबारमार्ग, काठमाडौँ), नेक्स्ट गिकर्स प्रा।लि। (काठमाडौँ-२९) लाई पनि १५ दिनभित्र रकम चुक्ता गर्न निदेशन दिइएको छ ।
यता, नुम्बुर नेटवर्क प्रालि (काठमाडौँ-७), पोखरा इन्टरनेट प्रा।लि। (गैरापाटन, पोखरा), सांग्रिला इन्फर्मेटिक्स प्रालि (अनामनगर, काठमाडौँ), सुपर सीतापाइला केबल नेट प्रा।लि। (नागार्जुन, काठमाडौँ), टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर, चितवन),अल्ट्रानेट कम्युनिकेसन प्रालि (बनेपा, काभ्रेपलाञ्चोक), वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि (धुम्बाराही, काठमाडौँ) १५ दिने अल्टिमेटम दिइएको छ ।







