राष्ट्रिय आबिस्कार केन्द्रलाई ब्रोकर एशोसिएसनको ११ लाख ११ हजार सहयोग

0
Shares

स्टक ब्रोकर एशोसिएसन नेपालले राष्ट्रिय आबिस्कार केन्द्रलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एशोसिएसनमा आवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको एशोसिएसनका महासचिव गुणनिधि भुषालले जानकारी दिए ।

एशोसिएनसले आबिस्कार केन्द्रलाई उपलब्ध गराएको उक्त रकमबाट थोरै मानिसको भएपनि स्वास्थय उपचार तथा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । साथै संघले केही सामुदायिक अस्पतालहरुलाई पनि कोभिडका बिरामीको उपचारका लागि सहयोग गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।